काठमाण्डौं । गोकर्णेश्वर नगरपालिकाको शहिद स्मृति पार्कमा भएको १८ औं राष्ट्रिय क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियनसिपमा पुरुष तर्फ सशस्त्र प्रहरी बलका सुरज राना मगर च्याम्पियन बनेका छन् ।
सुरजले निर्धारित २० किलो मिटरको दुरी १ घण्टा १६ मिनेट ४४ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनेका हुन् ।
त्यस्तै दोश्रो स्थान हासिल गरेका नेपाली सेनाका हिमाल टमटाले १ घण्टा २० मिनेट २७ सेकेन्डमा उक्त दुरी पार गरेका थिए । यसैगरि तेस्रो स्थान नुवाकोटका कुमार तामाङले हासिल गरेका छन् । उनले निर्धारित दुरी १ घण्टा २१ मिनेट ९ सेकेन्डमा पार गरेका थिए ।
त्यस्तै महिलाको इलिटतर्फ गोरखाकि उषा खनाल पहिलो स्थान हासिल गर्दा प्युठानकि हुमी बुढा मगर र सुनसरीकि इन्द्र कला तामाङ्ग तेस्रो भएकि थिइन् । यसैगरि जुनियरतर्फ उदयपुरका निमा शेर्पा प्रथम, सञ्जय राई दोश्रो र आश्विन खत्री तेस्रो भएका थिए ।
मेन मास्टर तर्फ सिन्धुपाल्चोकका हर्क लामाले पहिलो स्थान हासिल गर्दा खुबबहादुर मथार दोश्रो र विनोद ढकाल तेस्रो भएका थिए । यस प्रतियोगिताको दुरी मेन इलिट तफए २० किमी र वेमन इलिट, मास्टर र जुनियरको लागि १६ किमी कायम गरिएको थियो ।
त्यस्तै राष्ट्रिय माउन्टेन बाइक डाउन हिलको पुरुषतर्फ राजेश मगर पहिलो, निरभ श्रेष्ठ दोश्रो र प्रचित थापा मगर तेस्रो भएका थिए । डाउन हिलतर्फ प्रथम भएका राजेशले निर्धारित दुरी २ मिनेट ५७ सेकेन्डमा पुरा गरेका थिए । नेपालमा भएको राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा पहिलो पटक महिलामा उषा खनाल क्रसकन्ट्री र डाउन हिलमा विजेता बन्न सफल भएकि छिन् ।
प्रतियोगिताको उद्घाटन गोकर्णेश्वर नगरपाकिलाकाका मेयर दीपक रिजालले गरेका थिए भने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ्गले विजेता खेलाडीहरुलार्य प्रमाणपत्र र मेडल वितरण गरेका थिए ।
सो कार्यक्रममा नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, उपाध्यक्ष सुदीप पौडेल, संघर्ष विष्ट, महासचिव रन्जन राजभण्डारी, सचिव देवेन्द्र बस्न्यात सदस्य राजेन्द्रमान श्रेष्ठ र कृष्ण गोपाल श्रेष्ठको उपस्थिति रहेको थियो ।
स्रोत: https://merokhel.com/2023/06/144686/