18th National Cross Country Mountain Bike Championship

सुचना

राष्ट्रिय च्याम्पियनशिप प्रतियोगिता बारेमा
नेपाल साईक्लिङ संघले १९ औ राष्ट्रिय एमटिबि च्याम्पियनशिप यहि मिति वि. सं. २०८० साल असार ९ र १० गतेका दिन गोकणर्ेश्वर नगरपालिका स्थित यज्ञडोल सामुदायिक बनमा एम टि बि क्रस कन्ट्रि (पुरुष तथा महिला) समूह र डाउन हिल पुरुष तथा महिला तर्फ प्रतियोगिता गर्न लागिएकोले योग्यता प्राप्त इच्छुक एमटिबि राईडरहरुका लागि आ आफनो जिल्ला संघ तथा विभाग मार्फत सिफारीस पत्र सहित सहभागिताका लागि आब्हान गरिन्छ ।

कार्यक्रमः

डाउन हिलः ९ असार, २०८०, शनिवार । (ईलिट पुरुष तथा महिला)
क्रस कन्ट्रिः १० असार, २०८० आईतबार । (ईलिट पुरुष तथा महिला, मास्टर, जुनियर पुरुष)
दर्ता शुल्क रु. ५००। प्रति व्यक्ति ।
पुनश्चः नेपाल सरकार तथा राष्ट्रिय खेलकुद परिषदको नियमानुसार आर्थिक बर्ष २०७९।८० अगावै राष्ट्रिय च्याम्पियनशिप प्रतियोगिता सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएकोले यो कार्यक्रम पूर्व निर्धारित समय भन्दा अगावै गर्नु परेको व्यहोरा जानकारी गराउदै असुविधाका लागि क्षमा चाहन्छौ ।
अनलाईन फारम बुझाउने अन्तिम मितिः असार ५, २०८०

नेपाल साईक्लिङ संघ