१५ जेष्ठ २०८० काठमांडौ

गणतन्त्र दिवसको अवसरमा नेपाल साइकलिङ संघले युसीआई(यूनियन साइक्लिस्ट इण्टरनेशनाल)विश्व साइकलिङ च्याम्पियनशिपको लागि एक साइकल रेसको  आयोजना गर्यो। उक्त खेल यज्ञढोल, गोकर्णको सहिद स्मारक पार्कमा सञ्चालन भयो। पुरुष तर्फ, सशस्त्र प्रहरी बलको सुरज राणा मगरले ५ ल्याप, ३.५ किलोमिटरको दौडलाई ५० मिनेट ३६ सेकेण्डमा पूरा गर्दै पहिलो स्थान हासिल गर्नु भयो। महिला तर्फ गोरखाकी उषा खनालले ४ ल्यापको दौडलाई ५१ मिनेट २० सेकेण्डमा पूरा गर्दै विजयी भए।  विजयी खेलाडीहरूले २०२३ अगस्टमा स्कटल्याण्डको ग्लास्गोमा हुने युसीआई विश्व साइकलिङ च्याम्पियनशिपमा नेपाललाई प्रतिनिधित्व गर्ने छन्।उक्त खेलमा काभ्रे, नुवाकोट, बागलुङ, भक्तपुर, काठमाडौं, बर्दिया, सिन्धुपाल्चोक, कञ्चनपुर, कास्की, तेर्हथुम र गोरखा लगायतका १८ खेलाडीहरुको सहभागिता रहेको थियो।