सूचनाहरू


नेपाल साईक्लिङ संघले यही २०८२ साल पौष ४ र ५ गते ( शुक्रबार र शनिवार) २० औ राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा १२ औ डाउन हिल च्याम्पेनशिप प्रतियोगिता आयोजना गर्ने निर्णय भएकोले सम्पुर्ण खेलाडीहरुलाई जानकारी गराउदै सहभागिताको लागि आव्हान गर्दछौ ।

प्रतियोगिता हुने समुहहरुः
१.⁠ ⁠क्रस कन्ट्रि तर्फ
क. मेन इलिट
ख. वमेन इलिट
ग. जुनियर
घ. मास्टर
२.⁠ ⁠डाउन हिल तर्फ
क. मेन इलिट
ख. वमेन इलिट
ग. जुनियर

आवेदन आईपुग्नु पर्ने अन्तिम मितिः १ पौष, २०८२
प्रतियोगिता हुने स्थानः शहिद तथा शान्ति पार्क, जगडोल,गोर्कर्णेश्वर नगरपालिका
आवेदन फारम: https://www.nepalcycling.org.np/mtb-2025/

सम्पर्क इमेल ठेगानाः nca@nepalcycling.org.np

१६ मंसिर, २०८२

युसिआई साइक्लिङ सेन्टरको सहकार्यमा युसिआई कन्टिनेन्टल विकास सेटेलाइट साङघाई चाइनाको व्यवस्थानपनमा युसिआई मेकानिक कोर्ष अनलाईन लेभल १ मिति १ डिसेम्बर देखि ३० डिसेम्वर, २०२५ सम्म संचालन गर्न लागिएकोले ईच्छुक मेकानिक पुरुष १ र महिला १ जना माग भई आएकोले संघमा निवेदन इमेल मार्फत पठाउन हुन यो सुचना प्रशारित गरिन्छ ।
निवेदन दिन अन्तिम मितिः १५ नोभेम्बर, २०२५ सम्म

सम्पर्क इमेल ठेगानाः nca@nepalcycling.org.np

२० कार्तिक, २०८२

नेपाल साइक्लिङ संघले भविष्यमा युसीआई (UCI) संग सहकार्य गरी राष्ट्रिय कमिसार, कोच लेभल १ र मेकानिक लेभल १ को अनलाइन कोर्ष सञ्चालन गर्न लागेको छौ।
यसरी कोर्षमा भाग लिन इच्छुक कमिसार, कोच र मेकानिकहरुले तल दिइएको फाराम भरेर पेश गर्नु हुन विनम्र अनुरोद गर्दछौ
https://forms.gle/kErWhFAy1ZRSSWqFA

२ असोज, २०८२

कोरियन साईक्लिङ फेडरेसनको निमन्त्रणामा २०२५ अक्टोवर १० देखि २५ सम्म १६ दिनको युसिआई लेभल २ मेकानिक कोर्ष, कोरियामा संचालन गर्ने भएकोले ईच्छुक मेकानिक लेभल १ प्रमाण पत्र भएको मेकानिकले यथासिघ्र सेप्टेम्बर २५ तारिकसम्म संघको आधिकारिक इमेल एड्रेस मार्फत सम्पर्क गर्नहुन विनम्र अनुरोध गरिन्छ ।
सम्पर्क इमेल ठेगानाः nca@nepalcycling.org.np

२ असोज, २०८२

एशियन साईक्लिङ कन्फिडरेसनको निमन्त्रणामा तपशिल वमोजिमको ईलिट कमिसार कोर्षहरुको आवेदन खुल्ला गरेको छ । कृपया १० सेप्टेम्वर, २०२५ सम्म आफ्नो राहदानीको स्क्यान कपी सहित आवेदन दिन हुन राष्ट्रिय कमिसारहरुलाई आव्हान गरिन्छ ।
रोड कमिसार – मलेशिया – १०-१४ नोभेम्वर, २०२५, मलेशिया
एमटिवि कमिसार – २४-२८ नोभेम्बर, २०२५, उजबेकस्थान
विएम एक्स रेसिङ- १७-२१ जनवरी, २०२६, चाईना

१४ भाद्र, २०८२