१ जुन २०२३, काठमाडौं
नेपाल साइक्लिङ संघले १ जुन २०२३ मा सिद्धार्थ बुटिक होटल, बौद्धमा साइक्लिङका प्रशिक्षकहरूका लागि सात दिने प्राविधिक तालिम कार्यक्रमको (लेभल 2) को उद्घाटन गरेको छ। नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, नेपाल साइक्लिङ संघका प्रथम उपाध्यक्ष सुदीप पौडेल र युसीआईका प्रशिक्षक डा चेस्टर हिलको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको थियो । ७ दिने तालिममा विभिन्न जिल्ला साइकल संघका १५ प्रशिक्षक सहभागी छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै चतुरानन्द राज वैद्यले ‘नेपाल साइक्लिङ एसोसिएसन’ले थप अन्तर्राष्ट्रिय पोडियम जित्न तालिमबाट ठूलो फाइदा हुने बताए ।” डा चेस्टर हिलले नेपाल साइक्लिङ संघलाई धन्यवाद दिँदै भने, ‘नेपाल आएर साइक्लिङ प्रशिक्षकलाई अन्तराष्ट्रिय स्तरमा पु-याउने यस तालिम दिन पाउँदा म खुसी छु । अध्यक्ष गोपालसुन्दर कक्षपतिले अमूल्य सहयोगका लागि नेपाल आउन समय दिनुभएकोमा डा हिललाई धन्यवाद दिँदै ‘नेपालमा साइक्लिङको विकासका लागि यो ठूलो अवसर भएको वताए। पछिल्लो पटक सन् २०१६ मा नेपालमा कोचिङ कोर्स भएको थियो । यस तालिमको प्राविधिक सहयोग नेपाल ओलिम्पिक कमिटिको ओलिम्पिक सोलिडारिटि मार्फत गरिएको हो।
Nepal Cycling Association inaugurated the 7 days Technical Course for Coaches in Cycling (Level ii) on 1 June 2023 at Siddhartha Boutique, Boudha. The program was inaugurated in the presence of Vice President and Executive Director of Nepal Olympic Committee Chaturananda Raj Baidya, Gopal Sunder Lal Kaksyapati, President of Nepal Cycling Association, Sudip Poudel 1st Vice President of Nepal Cycling Association and UCI Coach Dr Chester Hill. 15 coaches from different district associations will attend the training for 7 days. Addressing the opening ceremony Chaturananda Raj Baidya said “Nepal Cycling Association will hugely benefit from the training course to bag more international podiums.” Dr Chester Hill thanked the Nepal Cycling Association and said “‘I am glad to come to Nepal and train the cycling coaches who will take the cycling to global level”. President Gopal Sundar Kakshyapati thanked Dr Hill for taking his time to come to Nepal for the invaluable support and added ‘Its a great opportunity for the development of Cycling in Nepal.’ The last coaching course was held in Nepal in 2016.